Section 19A
असूल उपर गर्ने
(१) सञ्चयकर्ताको मासिक पारिश्रमिक रकमबाट कोषमा जम्मा गर्ने प्रयोजनको लागि कट्टा गरेको रकम र सो रकममा प्रचलित कानून बमोजिम थप हुने रकम समेत कोषमा जम्मा गरिदिनु पर्ने जिम्मेवारी रहेको कर्मचारीले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमावली बमोजिम कोषमा रकम जम्मा गर्न नपठाएको पाइएमा त्यस्तो कर्मचारीबाट कोषले सञ्चयकर्ताको कोषमा जम्मा हुनु पर्ने रकम र सो रकममा कोषबाट पाउने ब्याज समेतको हिसाब गरी हुन आउने एकमुष्ट रकम सम्बन्धित सञ्चयकर्ताको कोषको खातामा जम्मा गर्न कोषले अवधि तोकी सम्बन्धित कर्मचारीलाई आदेश दिनेछ ।
(२) उपदफा (१) बमोजिम तोकिएको अवधिभित्र सम्बन्धित कर्मचारीले सञ्चयकर्ताको रकम कोषमा जम्मा गर्नु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम तोकिएको अवधिभित्र सञ्चयकर्ताको रकम कोषमा जम्मा नगरेमा यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कोषले त्यस्तो कर्मचारीको नाममा रहेको कोषको खाताको रकमबाट असूल उपर गरी सञ्चयकर्ताको खातामा जम्मा गरिदिनेछ ।
(४) उपदफा (३) बमोजिम असूल गर्दा सञ्चयकर्ताको सम्पूर्ण रकम असुल उपर हुन नसकेमा कोषले त्यस्तो कर्मचारीको अन्य चल अचल सम्पत्तिबाट सरकारी बाँकी सरह असुल उपर गरी सञ्चयकर्ताको खातामा जम्मा गरिदिनेछ ।